Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 15, 2014

[With Exam Dates]Various Engineering Positions Vacancy - Kathmandu Metropolitan City

काठमाडौँ महानगरपालिका कार्यालयको रिक्त तपशिलमा उल्लेखित पदहरुमा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम २२३ को उपनियम (२) र (३) मा व्यवस्था भए बमोजिम स्थायी पदपूर्तिको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट काठमाडौं महानगरपालिका कार्यालय, पदपूर्ति समितिको सचिवालयबाट उपलब्ध हुने दरखास्त फाराम रितपूर्वक भरी आफूले प्राप्त गरेको शैक्षिक योग्यता, चारित्रिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत संलग्न गरी तोकिए बमोजिमको परीक्षा दस्तुर पदपूर्ति समितिको सचिवालय, राष्ट्रिय सभागृहमा बुझाई सक्कलै रसिद संलग्न गरी सूचना प्रकाशित भएको मितिले ३०(तीस) दिनभित्र र म्याद समाप्त भएको मितिले ७(सात) दिनभित्र दोब्बर दस्तुर तिरी काठमाडौँ महानगरपालिकाको पदपूर्ति सचिवालयमा पेश गर्नका लिगि यो सूचना प्रकाशित गरिएको छ ।

१. वि. नं. १६/०६९।७०
पद, तह, सेवा/समूह/उपसमूहः सिभिल इन्जिनियर, अधिकृत स्तर छैटौँ, प्राविधिक सेवा / इन्जिनियरिङ्ग समूह / सिभिल
जम्मा पद संख्याः १०(खुला - ६, महिला - १, आ.ज. - १, मधेसी - १, दलित - १)
परीक्षाको किसिमः लिखित / अन्तर्वार्ता
Written Examination on: 20 February, 2015(2071/11/8) 8:00Hrs. and 11:00Hrs.

२. वि. नं. १७/०६९।७०
पद, तह, सेवा/समूह/उपसमूहः आर्किटेक्ट इन्जिनियर, अधिकृत स्तर छैटौँ, प्राविधिक सेवा / इन्जिनियरिङ्ग समूह / आर्किटेक्ट
जम्मा पद संख्याः २(खुला -१, महिला - १)
परीक्षाको किसिमः लिखित / अन्तर्वार्ता
Written Examination on: 22&23 February, 2015(2071/11/10&11) 13:00Hrs.

३. वि. नं. १८/०६९।७०
पद, तह, सेवा/समूह/उपसमूहः वातावरण इन्जिनियर, अधिकृत स्तर छैटौँ, प्राविधिक सेवा / इन्जिनियरिङ्ग समूह / वातावरण
जम्मा पद संख्याः १(खुला - १)
परीक्षाको किसिमः लिखित / अन्तर्वार्ता
Written Examination on: 24&25 February, 2015(2071/11/12&13) 13:00Hrs. 

४. वि. नं. १९/०६९।७०
पद, तह, सेवा/समूह/उपसमूहः मेकानिकल इन्जिनियर, अधिकृत स्तर छैटौँ, प्राविधिक सेवा / इन्जिनियरिङ्ग समूह / मेकानिकल
जम्मा पद संख्याः १(खुला - १)
परीक्षाको किसिमः लिखित / अन्तर्वार्ता
Written Examination on: 26&27 February, 2015(2071/11/14&15) 13:00Hrs. 

५. वि. नं. २०/०६९।७०
पद, तह, सेवा/समूह/उपसमूहः कम्प्युटर इन्जिनियर, अधिकृत स्तर छैटौँ, प्राविधिक सेवा
जम्मा पद संख्याः १(खुला - १)
परीक्षाको किसिमः लिखित / कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता
Written Examination on: 28 February & 1 March, 2015(2071/11/16&17) 13:00Hrs. 

६. वि. नं. २१/०६९।७०
पद, तह, सेवा/समूह/उपसमूहः स्ट्रक्चरल इन्जिनियर, अधिकृत स्तर छैटौँ, प्राविधिक सेवा
जम्मा पद संख्याः २(खुला - १, महिला - १)
परीक्षाको किसिमः लिखित / अन्तर्वार्ता
Written Examination on: 2&3 March, 2015(2071/11/18&19) 13:00Hrs. 

७. वि. नं. २२/०६९।७०
पद, तह, सेवा/समूह/उपसमूहः कम्प्युटर प्रोग्रामर, अधिकृत स्तर छैटौँ, प्राविधिक सेवा
जम्मा पद संख्याः १(खुला - १)
परीक्षाको किसिमः लिखित / कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता
Written Examination on: 4&5 March, 2015(2071/11/20&21) 13:00Hrs.

*According to Kartik 29 Notice.

Download the syllabus of examination for these positions through our Downloads Section.

Deadline to apply: 4 May, 2014
11 May, 2014(With Double Charge)


परीक्षा दस्तुरः ७००।-
शैक्षिक योग्यताः सम्बन्धीत विषयमा स्नातक उत्तीर्ण
परीक्षा हुने मिति, समय र परीक्षा केन्द्र पछि तोकिने छ ।
Published on: 22 Chaitra, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment