Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 14, 2014

Teaching Assistant and Lab Assistant Positions Job Vacancy @ Sudurpaschimanchal University

प्रथम पटक प्रकाशित मितिः २०७१/०७/२८

यस विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातक तहमा सिभिल इन्जिनियरिङ विषयको अध्ययन अध्यापनका लागि करार सेवामा तपसिल बमोजिमका शिक्षक तथा प्राविधिकको आवश्यकता भएको हुँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एस.एल.सी. देखिको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि संलग्न गरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको नबिल बैँङ्क लिमिटेडको महेन्द्रनगर कञ्चनपुर शाखामा रहेको चल्ती हि.नं. २९०१०१७५००४२६ मा तपसिल अनुसारको दरखास्त दस्तुर बुझाएको भौचर संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र आई पुग्ने गरी दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः
१. पदः शिक्षण सहायक
विषयः ईन्जिनियरिङ
संख्याः
शैक्षिक योग्यताः स्नातक तहमा कम्तिमा द्वीतीय श्रेणी वा सो सरह उत्तीर्ण
दरखास्त दस्तुर रु. १०००/-

२. पदः ल्याब असिस्टेन्ट
विषयः ईन्जिनियरिङ ड्रईङ
संख्याः
शैक्षिक योग्यताः अोभरसियर/ ईन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण
दरखास्त दस्तुर रु. ५००/-

Deadline to apply: 28 November, 2014

नोटः
  • सर्टलिष्टमा परेका उम्मेदवारहरुलाई मात्र कक्षा अवलोकन तथा अन्तर्वार्ताका लागि सूचित गरिनेछ ।
  • सम्पर्क मितिः आवेदन फाराम बुझाउने अन्तिम मितिको भोलिपल्ट ।
  • विस्तृत जानकारीका लागि विज्ञान तथा प्रविधि संकायमा सम्पर्क राख्नुहोला ।

डीन
विज्ञान तथा प्रविधि संकाय
सम्पर्क नं. ०९९-५२०७२९
Published on: 28 Kartik, 2071(Kantipur Daily)

No comments:

Post a Comment