Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 16, 2015

Civil/Mechanical Sub-Engineer Jobs Vacancy @ Sudurpaschimanchal University

प्रथम पटक प्रकाशित मिति: २०७२/०३/०१ गते

यस विश्वविद्यालयको विज्ञान तथा प्रविधि अन्तर्गत स्कुल अफ इन्जिनियरिङको लागि Workshop Lab, Electrical and Electronics Lab, Drawing Lab, Fluid Mechanics Lab, Strength of Material Lab, Civil Engineering Material Lab र Surveying Field Workमा काम गर्नका लागि एक(१) जना Lab Assistant करार सेवाको लागि आवश्यकता भएकोले मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ/मेकानिकल इन्जिनियरिङ विषयमा कम्तीमा डिप्लोमा तह प्रथम श्रेणीमा उत्तीर्ण भई Auto CAD, Solid Work (3D), Live Electrical and Electronic Circuit जोड्न सक्ने, Computer Completely Assemble तथा Disassemble साथै Computer Hardware र  Software सम्बन्धी राम्रो ज्ञान भएका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आईपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । दरखास्त फारामका साथ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र एस एल सी देखीको सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरुको प्रमाणित प्रतिलिपि सहित यस संकायको नबिल बैँक लिमिटेडको महेन्द्रनगर, कञ्चनपुर शाखामा रहेको चल्ती हि. नं. २९०१०१७५००४२६ मा रु ५००।- (पाँच सय) बुझाएको रसिदको प्रतिलिपि संलग्न राखी दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सर्टलिष्टमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाका लागि सुचित गरिन्छ।

Deadline to apply: 30 June, 2015


सम्पर्क मिति: आवेदन फाराम बुझाउने अन्तिम मितिको भोलिपल्ट ।
विस्तृत जानकारीका लागि विज्ञान तथा प्रविधि संकायमा सम्पर्क राख्नुहोला ।

डीन
विज्ञान तथा प्रविधि संकाय
सम्पर्क नं. ०९९-५२०७२९
Published on: 1 Asar, 2072(Nagarik Daily)

No comments:

Post a Comment