Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 16, 2015

Civil Sub-Engineer Job Vacancy @ District Development Committee Office, Baglung

प्रथमपटक प्रकाशित मिति: २०७२।०३।०१

जिल्ला विकास समितिको कार्यालय बागलुङअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपाली तथा सरसफाई परियोजना, दोस्रो चरण, खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमका लागि तपसिलबमोजिमको वार्षिक कार्यसम्पादनमा आधारित करार सम्झौताबमोजिम एकल परामशदाता सहयोगी व्यक्तिको आवश्यक भएको हुनाले जिल्ला विकास समितिको कार्यालय, बागलुङमा योग्यता पुगेका इच्छुक नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५औँ दिनको कार्यालय समयभित्र दरखास्त दिन आह्वान गरिएको छ ।

पद: खानेपाली तथा सरसफाई सव इन्जिनियर
आवश्यक संख्या: १(एक)
कार्य क्षेत्र: बाग्लुङ, अधिकतम फिल्डमा सहयोग पुर्याउनु पर्ने
कार्य अवधि: एक वर्ष(कार्य सम्पादनको आधारमा परियोजना अवधिभर)
आवश्यक शैक्षिक योग्यता: सिभिल इन्जिनियरिङमा डिप्लोमा/प्रविणता पत्र तह उत्तीर्ण
आवश्यक कार्य अनुभव: २ वर्ष ग्रामीण खानेपाली योजनाको सर्भे, डिजाइन, लागत इष्टिमेट र योजनाको सुपरीवेक्षणमा अनुभव भएको ।
दरखास्त दस्तुर: रु. ४००।-

Deadline to apply: 30 June, 2015

थप जानकारीको लागि जिविस बागलुङमा सम्पर्क राख्नुहोला ।
दरखास्त दिने ठेगाना: जिल्ला विकास समितिको कार्यालय, बागलुङ । सम्पर्क फोन नं. ०६८-५२२६२९
Published on: 1 Asar, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment