Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 11, 2014

Engineering Jobs Vacancy - Hydroelectricity Investment and Development Company Limited

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड काठमाडौँको पदपूर्तिसम्बन्धी सूचना
प्रथमपटक प्रकाशितः २०७०।११।२७

व्यवस्थापन करारको माध्यमबाट निम्न पदहरु खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले निम्नबमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र (मिति २०७०।१२।१७ गते सोमबारभित्र) कम्पनिको कार्यालयमा आवेदनसाथ प्रस्ताव आह्वान गरिन्छ ।

१. पदः नायव महाप्रबन्धक (जलविद्युत)
तहः एघार
माग संख्याः
आवश्यक न्यूनतम योग्यताः जलविद्युत सम्बन्धी इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र जलविद्युत उत्पादन प्रशारण वा वितरणको कार्यमा अधिकृत स्तरको तहमा कम्तीमा ७ वर्ष कार्य अनुभव हासिल गरेको ।
प्रस्तावसाथ बुझाउनुपर्ने दस्तुरः रु. १२००।-
परीक्षाको किसिमः लेखन, प्रस्तुतीकरण तथा अन्तर्वार्ता

२. पदः प्रमुख इन्जिनियर (हाइड्रो)
तहः दश
माग संख्याः
आवश्यक न्यूनतम योग्यताः जलविद्युत सम्बन्धी इन्जिनियरिङ्ग विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित विषयको अधिकृत स्तरको पदमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको ।
प्रस्तावसाथ बुझाउनुपर्ने दस्तुरः रु. १०००।-
परीक्षाको किसिमः लेखन, प्रस्तुतीकरण तथा अन्तर्वार्ता

Deadline to apply: 31 March, 2014
  • पारिश्रमिकः कम्पनिको नियमानुसार ।
  • उमेरः दरखास्त बुझाउने अन्तिम मितिमा सि.नं. १ को हकमा ३५ वर्ष पूरा भई ५० वर्ष ननाघेको र सि.नं. २ को हकमा ४५ वर्ष उमेर ननाघेको ।
  • प्रस्तुतीकरणको मिति र समय कम्पनीको सूचना पटीमा टाँस गरिनेछ र कम्पनिको वेबसाइमा समेत राखिनेछ ।
  • ToR(कार्यक्षेत्रगत सर्त) कम्पनिको वेबसाइट www.hidcl.org.np बाट डाउनलोड गर्न सकिनेछ ।
  • अन्य कुरा बुझ्नुपर्ने भएमा कम्पनीमा आफैँ आई वा कम्पनीको फोन नं. ०१-४२५७०२४, ४२५७०२५ मा सम्पर्क गर्न सकिनेछ ।
Published on: 27 Falgun, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment