Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 7, 2014

[With Exam Date]Sr. IT Officer Position Job Vacancy - Nepal Stock Exchange Limited

यस लि. को रिक्त बरिष्ठ आई.टी. अधिकृत (प्रा.) सातौँ तहमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक योग्य नेपाली नागरिकहरुले यस लि. को दरखास्त फारममा (दरखास्त फारम यस लि. बाट रु. १००/- तिरी प्राप्त गर्न सकिनेछ) भएको विवरण उल्लेख गरी आफुले प्राप्त गरेको नेपाली नागरिकता तथा शैक्षिक योग्यता र अनुभवको सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपी र हालसालै खिचिएको ३ प्रति (पासपोर्ट साईज) फोटो संलग्न गरी यस लि. को यु.एन.आई. शान्ति मार्ग भद्रकाली, काठमाडौँमा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र दरखास्त पेश गर्न आव्हान गरिएको छ । दरखास्त साथ पेश गर्ने सबै प्रमाणपत्रका प्रतिलिपिहरु प्रमाणित गरेको हुनुपर्नेछ । माथि लेखिए बमोजिम म्याद भित्र दाखिला नभएको वा रित नपुगी प्राप्त हुन आएका दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन । सरकारी सेवा र नेपाल सरकारका स्वामित्वमा रहेका संस्थानमा कार्यरत उम्मेदवारहरुले दरखास्त साथ वाभागीय स्वीकृति अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

विज्ञापन नं. १/२०७०/०७१
पदको नाम : वरिष्ठ आई.टी. अधिकृत
तह तथा सेवा : सातौँ / प्राविधिक सेवा
आवश्यक पद संख्या : खुल्ला - २, समावेशी महिला - १
आवश्यक शैक्षिक योग्यता : कम्प्युटर ईन्जिनियरिङ्गमा स्नातक वा कम्प्यटर साईन्समा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तर्वार्ता
सम्बन्धित कार्यको अनुभव : Network / System Administration वा Database Administration मा कम्तीमा २ (दुई) वर्षको कार्य अनुभव

Update!(according to Baisakh 24 Notice)
! Date for Written Examination: २०७१ जेठ २४ गते, शनिवार [June 7, 2014]
! Time: 2:00PM
! Exam Centre: विजय स्मारक उच्च माध्यमिक विद्यालय, डिललीबजार, काठमाडौं ।
! Admit Card Distribution starts from २०७१।०१।२८ [May 11, 2014]

Deadline to apply: 25 February, 2014

द्रष्टव्य : खुल्ला र महिला दुवै तर्फ परीक्षा दिने उ्मेदवारले थप रकम रु. ३००/- शुल्क बुझाउनु पर्नेछ ।

शर्तहरु
१. उम्मेदवारको उमेर : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । तर महिला उम्मेदवारको लागि उमेरको हद ४० वर्ष ननाघेको ।
२. पारीश्रमिक तथा अन्य सेवा शर्त : लि. को कर्मचारी सेवा शर्त सम्बन्धी आन्तरिक विनियमावली, २०५१(२०६३ को संशोधन सहित) बमोजिम हुने ।
३. परीक्षा दस्तुर बापत रु. १,२००/- लि. को बैँक अफ काठमाडौँ स्थित हि.नं. ०१०००००६०७८१ मा जम्मा गरेको सक्कल बैँक भौचर दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
४. परीक्षा हुने स्थान र मिति : सम्पर्क मितिका दिन जानकारी गराईनेछ ।

नेपाल स्टक एक्सचेन्ज लि.
(जनशक्ति व्यवस्थापन शाखा)
यु.एन.आई. शान्ति मार्ग भद्रकाली, काठमाडौँ ।
फोन नं. ४२५०७५५, ४२५०७५६
वेभसाईट : www.nepalstock.com

 Published on: 24 Baisakh, 2071(Gorkhapatra Daily)
Published on: 13 Magh, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment