Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 9, 2015

Senior Assistant Job Positions(10) Vacancy @ Rastriya Banijya Bank

प्रथमपटक प्रकाशित मिति: २०७२।०२।२६

यस बैँकमा रिक्त रहेको क्षेत्रीय कार्यालय काठमाण्डौ अन्तर्गतका शाखा कार्यालयहरुका लागि तह ५ वरिष्ठ सहायक (कम्प्यूटर अपरेटर) पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै बात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।बैँकले तोकेको दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरी सो साथ आफूले प्राप्त गरेको नागरिकता तथा एस एल सी वा सो सरह र सो भन्दा माथिका शैक्षिक योग्यताका प्रमाणपत्र तथा ट्रान्सकृप्टहरुको प्रतिलिपी स्वयम्ले प्रमाणित गरी हालसालै खिचिएको २ प्रति पासपोर्ट साईजको फोटो टाँसी यस बैँकको क्षेत्रीय कार्यालय काठमाण्डौ, टेकुमा पेस गर्नु पर्नेछ । दरखास्त फाराम यस बैँकको क्षेत्रीय कार्यालय काठमाण्डौ, टेकुबाट रु १००।-(एक सय) नगद तिरी प्राप्त गर्न सकिनेछ । नेपाल सरकारको सेवा र नेपाल सरकारको स्वमित्वमा रहेको संघ, संस्थानमा कार्यरत उम्मेदवारहरुले दरखास्त साथ विभागीय स्वीकृति अनिवार्यरुपमा पेस गर्नु पर्नेछ । परीक्षा दस्तुरबापत यस बैँकका शाखा कार्यालयहरुमा "आम्दानी अन्यको अन्य" लेखा कोड नं ९५९९०२००० हिसाबमा जम्मा गरेको सक्कलै अर्धकट्टी भौचर दरखास्त फारामसाथ पेस गर्नु पर्नेछ ।

म्याद नाघी आएको, रीत नपिगेको तथा आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुगेका र सर्त सहितको दरखास्त उपर कुनै कारबाही हुने छैन । साथै नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्थाको सेवाबाट भविष्यमा अयोग्य ठहरिने गरी अवकाश पाएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएको र मानसिक सन्तुलन ठिक नभएको उम्मेदवारहरुको दरखास्त उपर कुनै कारबाही हुनेछैन ।

पद: वरिष्ठ सहायक(कम्प्यूटर अपरेटर)
तह:
सेवा: प्रशासन
समूह: सूचना प्रविधि
सेवाको किसिम: स्थायी
विज्ञापन नं ३६।०७१।७२
आवश्यक पद संख्या: १०(खुला-६, महिला-१, आ. ज.-१, मधेशी-१, दलित-१)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर(Computer) वा कम्प्युटर साइन्स(Computer Science) वा कम्युनिकेशन(Communication) वा सूचना प्रविधि(Information Technology) विषयमा स्नातक स्तरको उपाधि हासिल गरेको ।

Deadline to apply: २०७२।०३।२३(8 July, 2015)
२०७२।०३।३०(15 July, 2015)[With Double Charge]

दरखास्त प्राप्त गर्ने र बुझाउने स्थान: क्षेत्रीय कार्यालय काठमाण्डौ, टेकु

विस्तृत जानकारि, दरखास्त फाराम र लिखित परीक्षाको पाठ्यक्रम www.rbb.com.np को Career Notice मा राखिएको छ ।

राष्ट्रिय वाणिज्य बैँक लिमिटेड
केन्द्रीय कार्यालय
मानव संशाधन विभाग
Published on: 26 Jestha, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment