Engineerको घर is out of service. Please visit Engineerको घर Community.

January 23, 2015

Engineering Jobs Vacancy @ President Chure-Tarai Madhesh Conservation Development Board

प्रकाशित मितिः २०७१।१०।०९
सूचना नं. ०२-०७१/७२
यस समितिको पाँच कार्यक्षेत्रहरु(मोरङ्ग, धनुषा, मकवानपुर, रुपन्देही र कैलाली) मा रहने अनुसन्धान तथा कार्यक्रम सहयोग इकाईका लागि देहाय बमोजिमका पदहरु खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पूर्ति गर्न निम्न बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट समितिद्वारा स्वीकृत ढाँचाको फाराम भरी दरखास्त आव्हान गरिन्छ ।

१. पदः भूगर्भशास्त्री
पद संख्या/किसिमः खुला-३, महिला-१, आ.ज.-१
आवश्यक न्यनतम योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोलोजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।

२. पदः वन/जलाधार विज्ञ
पद संख्या/किसिमः खुला-३, महिला-१, आ.ज.-१
आवश्यक न्यनतम योग्यताः
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट वन वा जलाधार विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।
  • वा, मान्यता प्राप्त शिक्षण संस्थाबाट वन वा जलाधार विषयमा स्नातक गरी वातावरण विज्ञान वा प्राकृतिक श्रोत व्यवस्थापन (NRM) विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।

३. पदः सिभिल ईन्जिनियर
पद संख्या/किसिमः खुला-३, महिला-१, आ.ज.-१
आवश्यक न्यनतम योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्गमा स्नातक गरी स्ट्रक्चरल वा वाटर रिसोर्स वा जियोटेक्निकल वा कन्स्ट्रक्सन म्यानेजमेन्ट वा विपद जोखिम व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।

Deadline to apply: 21 February, 2015


अन्य जानकारि यस समितिको सचिवालय वा समितिको वेवसाईट www.chureboard.gov.np बाट लिन सकिनेछ ।

नेपाल सरकार
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति
खुमलटार, ललितपुर
Published on: 9 Magh, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment