Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 4, 2014

Automobile/Mechanical Sub-Engineers Job Vacancy @ Jyoti Group

ज्योति समूह अन्तर्गत ग्राण्डी सिटी क्लिनिक, नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि. र स्याकार कम्पनी प्रा.लि. को लागि देहाय बमोजिमको पदमा कर्मचारीहरुको आवश्यकता भएको हुँदा ४० वर्ष उमेर ननाघेका ईच्छुक व्यक्तिहरुलाई आफ्नो शैक्षिक योग्यताको प्रमाण-पत्रहरुको प्रतिलिपी, नागरिकताको प्रतिलिपी, वायोडाटा(CV) तथा हालसालै खिचेको पासपोर्ट साईजको फोटो, आफूलाई सिफारिश गर्ने/चिन्ने २ जनाको नाम सहित वर्तमान तथा अपेक्षित पारिश्रमिक उल्लेख गरी तल उल्लेखित ठेगानामा १५ दिन भित्र प्राप्त हुने गरी आवेदन दिन हुन आव्हान गरिन्छ ।

पदः सहायक मो.सा. एक्सचेन्ज अधिकृत(Asst. Motorcycle Exchange Officer)
आवश्यक संख्याः १ जना
शैक्षिक योग्यताः अटोमोबाईल ईन्जिनियरिङ्गमा डिप्लोमा / CTEVT प्रमाणपत्र (एस.एल.सि. पछिको कोर्स) ।
अनुभव तथा अन्यः मो.सा. सम्बन्धी प्राविधिक ज्ञान र पुरानो मोटरसाइकलको मुल्याङ्कन गर्न सक्ने क्षमता भएको ।

पदः मोटरसाइकल आकस्मिक सर्भिस अधिकृत(M/C Emergency Service Officer)
आवश्यक संख्याः १ जना
शैक्षिक योग्यताः अटोमोबाईल / मेकानिकल ईन्जिनियरिङ्गमा डिप्लोमा / CTEVT प्रमाणपत्र (एस.एल.सि. पछिको कोर्स) ।
अनुभव तथा अन्यः सम्बन्धित क्षेत्रको कार्यानुभव भएकालाई ग्राह्यता ।

Deadline to apply: 18 July, 2014

(आवेदन पठाउँदा आवेदन दिएको पद खाममा उल्लेख गरी पठाउनु होला ।)
आवेदन पठाउने ठेगानाः
उपाध्यक्षको सचिवालय,
ज्योति समूह, ज्योतिभवन,
कान्तिपथ, पो.ब.नं. १३३,
काठमाण्डौ, नेपाल ।
Published on: 20 Asar, 2071(Kantipur Daily)

No comments:

Post a Comment