Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 25, 2014

Call for Formation of Expert Panel of Various Engineering Faculties @ CTEVT

प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तर पुस्तिका परीक्षण, संपरीक्षण र प्रयोगात्मक परीक्षाको परीक्षण एवं मूल्यांकन गर्ने विज्ञहरुको सूचि संकलन गर्ने बारेको सूचना
(प्रथम पटक प्रकाशित मिति २०७१।०३।११)

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयद्वारा संचालन गरीने परिषद्का आंगिक तथा सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुको परिषद्, पाठ्यक्रम विकास महाशाखाद्वारा लागु गरिएको पाठ्यक्रम अनुसार प्रयोगात्मक तथा सैद्धान्तिक परिक्षाहरुको प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तर पुस्तिका परीक्षण, सपरीक्षण र प्रयोगात्मक परीक्षाको परीक्षण एवं मूल्यांकन गर्ने प्रयोजनका लागि तपसिलमा उल्लेखित बिषयगत विज्ञहरुले मिति २०७१ श्रावण ७ गते भित्र आफ्नो हस्ताक्षर सहितको वैयक्तिक विवरण (Curriculum Vitae), मान्यता प्राप्त विश्व विद्यालयबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र स्वयंले प्रमाणित गरेको प्रतिलिपि र शीक्षण संस्थामा कम्तिमा एक वर्ष अध्यापन गराएको कार्य अनुभवको सक्कलै पत्र निवेदन साथ संलग्न गरी परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमिमा दर्ता गराउनु हुन सम्बन्धित सबै विज्ञहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शैक्षिक कार्यक्रमहरुः
१. Diploma in Civil Engineering
२. Diploma in Mechanical Engineering
३. Diploma in Electrical Engineering
४. Diploma in Electronics Engineering
५. Diploma in Electrical and Electronics Engineering
६. Diploma in Survey Engineering
७. Diploma in Automechanical Engineering
८. Diploma in Architecture Engineering
९. Diploma in Information Technology
१०. Diploma in Computer

 न्यूनतम शैक्षिक योग्यता एवं कार्य अनुभवः
सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई शैक्षिक संस्थामा कम्तीमा एक वर्षको अध्यापन अनुभव भएको ।

Deadline to apply: 23 July, 2014


Published on: 11 Asar, 2071(Kantipur Daily)

No comments:

Post a Comment