नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत दरबन्दीमा रिक्त रहेका प्राविधिक सेवा, सि.ए.अ. समूह, ए.ट्रा.स. गपसमूहतर्फ सातौँ तहका वरिष्ठ अधिकृत पदहरुमा स्थायी पदपूर्ति भएमा सवतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करारमा नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट प्राधिकरणद्वारा स्वीकृत फाराम भरी सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधी (IT) वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण र प्राधिकरणबाट मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिना अवधिको आधारभूत एयर ट्राफिक सर्भिसेज तालीम प्राप्त ।
Deadline to apply: 2071/01/07(20 April, 2014)
परीक्षा दस्तुरः रु. ७००।- (सात सय)
दरखास्त दिने स्थानः नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालय, प्रशासन विभाग ।
सम्पर्क मितिः २०७१।०१।०८
परीक्षा हुने मिति र स्थानः सम्पर्क मितिमा तोकिनेछ ।
यो सूचना प्राधिकरणको website: www.caanepal.org.np मा समेत हेर्न सकिनेछ ।
Published on: 22 Chaitra, 2070(Gorkhapatra Daily)

No comments:
Post a Comment