गत वैशाख १२ गते नेपालमा गएको बिनासकारी भूकम्प पश्चात प्रभावित जिल्लाहरुको क्षतिग्रस्त ग्रामीणवस्तीहरुमा स्थानीय स्रोत तथा साधनको प्रयोगबाट त्यहाँको साँस्कृतिक, परम्परा, सम्पदा तथा मौलिकताको संरक्षण गर्दै सुरक्षित एवं सुलभ बसोबासको निम्ति भूकम्प प्रतिरोधात्मक आवास निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रका सम्बन्धित जनतालाई उपयुक्त हुने विभिन्न किसिमका घरका नक्साहरु उपलब्ध गराउने उद्देश्यले नेपाल इन्जिनियर्स एशोसिएशनले नेपाल सरकार, सहरी विकास मन्त्रालय र UNDP को सहकार्यमा बृहद Rural House Design Competition आयोजना गर्न लागेको छ । उक्त घर डिजाइन प्रतियोगितामा सहभागि भई आफ्ना डिजाइनहरु पेश गर्नका लागि सम्पूर्ण पेशाकर्मी इन्जिनियर, सम्बद्ध संघ संस्था तथा इन्जिनियरिङ्ग/आर्किटेक्चर अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई हार्दिक आह्वान गर्दछौँ । यस प्रतियोगितामा समावेश भई छनौट समितिबाट उत्कृष्ट ठहरिएका नमूना घरका डिजाइनर व्यक्ति, संस्था वा फर्मलाई करिव रु १७,००,०००।- (सत्र लाख मात्र) बराबर नगद पुरस्कार वर्गिकरण अनुसार वितरण गरिने व्यवस्था गरिएको जानकारी गराउँदछौँ ।
Category A: Professionals(Practising Architects & Engineers)
a) First Prize - One - रू. 200,000/-
b) Second Prize - Three - रू. 100,000/- Each
c) Consolation - Ten - रू. 75,000/- Each
Category B: Students(Final Years B.Arch/B.E. Students)
a) First Prize - One - रू. 100,000/-
b) Second Prize - One - रू. 50,000/-
c) Consolation - Two - रू. 25,000/- Each
आशयपत्र दर्ता गर्ने अन्तिम मिति: २०७२ मंसिर २१(December 7, 2015)
डिजाइन बुझाउने अन्तिम मिति: २०७२ पौष ७(December 22, 2015)
Registration: Mail to nea24@mail.com.np or Submit to NEA Office
विस्तृत जानकारीका लागि:
ने.ई.ए., पुल्चोक, ललितपुर, फोन: ५०१०२५१/५०१०२५२
मोबाइल: ९८५११८७९८९, ९८५११२९५६६, ९८५११६६९८२
Website: www.neanepal.org.np, Facebook: Nea Nepal
Published on: 3 Mangsir, 2072(Kantipur Daily)
No comments:
Post a Comment