यस मन्त्रालयको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत कर्णाली अञ्चलका ५ जिल्लामा नेपाल सरकारबाट अस्थायीरुपमा सृजना भएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूहको २ जना सिभिल इन्जिनियर र १ जना सव इन्जिनियर रिक्त रहेको र अन्य पदसमेत रिक्त भएको अवस्थामा करार सेवामा लिने प्रयोजनका लागि योग्य उम्मेदवारहरुको रोष्टर विवरण तयार गर्नुपर्ने भएकोले सो प्रयोजनको लागि यो दरखास्त आह्वान गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सो पदका लागि योग्य उम्मेदवारहरुले आफ्नो बायोडाटा एवं नागरिकता, शैक्षिक योग्यता तथा अनुभवसम्बम्धी कागजातका प्रमाणित प्रतिलिपि संलग्न राखी कामकाज गर्न चाहेको जिल्लासमेत खुलाई निवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै उक्त पदहरुमा सम्बन्धित क्षेत्रका योग्य उम्मेदवारहरुलाई प्राथमिकतामा राखिने व्यहोरासमेत यसै सूचनाबाट जानकारी गराइन्छ ।
Deadline to apply: 16 March, 2015
नेपाल सरकार
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय
कर्णाली क्षेत्र विकास इकाइ
सिंहदरबार, काठमाडौं ।
Published on: 26 Falgun. 2071(Gorkhapatra Daily)
No comments:
Post a Comment