प्रथमपटक प्रकाशित मितिः २०७१।०६।१५
लुम्बिनि विकास कोषमा रिक्त रहेका देहायका पदहरु(समावेशी समूहसहित)को खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा उल्लिखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले दरखास्त फाराम कोषको प्रधान कार्यालयबाट प्राप्त गर्न सकिनेछ । फाराम दर्ता गर्ने अन्तिम मिति २०७१।०७।१३ गतेसम्म र दोब्बर दस्तुर तिरी मिति २०७१।०७।२० गतेसम्म लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा दर्ता गर्न सकिनेछ । रीत नपुगी, म्याद नाघी वा दरखास्तसाथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात संलग्न नभई पेस हुन आएको दरखास्तउपर कुनै कारबाही गरिने छैन ।
क) पदः संरक्षण अधिकृत
विज्ञापन नं. २०७१/७२ प्रा.१०१
श्रेणीः अधिकृत तृतीय
पद संख्याः १(खुला)
न्यूनतम शैक्षिक योग्यताः आर्किटेक्ट इन्जिनियरिङ्गमा स्नातक वा इतिहास, संस्कृति र पुरातत्व विषयमा स्नातक तह उत्तीर्ण गरी पुरातात्विक संरक्षणमा मान्यता प्राप्त संस्थाबाट ६ महिना तालिम प्राप्त
ख) पदः आर्किटेक्ट इन्जिनियर
विज्ञापन नं. २०७१/७२ प्रा.१०२
श्रेणीः अधिकृत तृतीय
पद संख्याः १(खुला)
न्यूनतम शैक्षिक योग्यताः आर्किटेक्ट इन्जिनियरिङ्गमा स्नातक वा सोसरह उत्तीर्ण
ग) पदः प्लम्बर
विज्ञापन नं. २०७१/७२ प्रा.१०६
श्रेणीः सहायक प्रथम
पद संख्याः १(खुला)
न्यूनतम शैक्षिक योग्यताः
प्लम्बिङ्ग विषयमा प्राविधिक एस.एल.सी. पास गरी इन्जिनियरिङ्गमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको वा एस.एल.सी. पास गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रथम श्रेणीसरहको प्लम्बिङ्गको सीप परीक्षणको प्रमाणपत्र प्राप्त
घ) पदः ड्राफ्टम्यान (ओ.सी.)
घ) पदः ड्राफ्टम्यान (ओ.सी.)
विज्ञापन नं. २०७१/७२ प्रा.१०७
श्रेणीः सहायक प्रथम
पद संख्याः १(खुला)
न्यूनतम शैक्षिक योग्यताः सिभिल/आर्किटेक्ट इन्जिनियरिङ्गमा प्रवीणतापत्र तह वा डिप्लोमा उत्तीर्ण
Deadline to apply: 30 October, 2014
Deadline to apply: 30 October, 2014
6 November, 2014(With Double Charge)
परीक्षा दस्तुरः अधिकृत तृतीयका लागि रू. ७००।-, सहायक प्रथमका लागि रू. ४००।-
उमेरः दरखास्त दिने अन्तिम मितिसम्ममा अधिकृत तहमा २१ वर्ष पूरा भई ४० ननाघेको तथा सहायक तहमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ तर कोषमा कार्यरत स्थायी/करार कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
परीक्षाको किसिमः लिखित र अन्तर्वार्ता
विस्तृत जानकारीका लागि लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ ।
पदपूर्ति समिति
लुम्बिनी विकास कोष
Let's Zoom in, shall we?
Published on: 25 Asoj, 2071(Gorkhapatra Daily)
No comments:
Post a Comment