नेपाल सरकार
शहरी विकास मन्त्रालय
शहरी विकास तथा भवन निर्माण विभाग
डिभिजन कार्यालय, रोल्पा
प्रथम पटक प्रकाशित मितिः २०७१/०२/१०
यस कार्यालयबाट गरिने भवन निर्माण कार्यका लागि सो सम्बन्धी काममा कम्तिमा २ वर्ष अनुभव भएका केही सिभील इन्जिनियर, आर्किटेक्ट, सिभील सव इन्जिनियर, सिभिल सव ओभरसियर, सुपरभाइजर र फोरम्यान महानुभावहरुबाट १५(पन्ध्र) दिनभित्र दरखास्त आह्वान गरिन्छ । ठूलाठूला अपार्टमेन्ट, कमर्सियल भवन, कर्पोरेट भवनको निर्माणमा अनुभव भएकालाई विशेष ग्राह्यता दिइनेछ । निवेदन साथ शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र अनुभव खुलेको बायोडाटा लगायतको कागजात संलग्न राखी यस कार्यालयको इमेल ठेगाना dudbcrolpa@gmail.com वा कार्यालयक ठेगाना वा फ्याक्स नं. ०८६-४४००९३ मा पठाउन सकिनेछ ।
Deadline to apply: 7 June, 2014
छिटो कागजात पेश गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ । सो सम्बन्धी विस्तृत जानकारीका लागि फोन नं. ०८६-४४००९३ मा सम्पर्क गर्न सकिनेछ ।
Published on: 10 Jestha, 2071(Kantipur Daily)
No comments:
Post a Comment