Engineerको घर is out of service. Please visit Engineerको घर Community.

January 2, 2014

Various Technical Posts Vacancy - Purbanchal University School of Engineering and Technology

पूर्वाञ्चल विश्वविद्‍यालय, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतको आंगिक क्याम्पस स्कूल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी(पूसेट), विराटनगरका लागि तपशिल बमोजीमका आवश्यक शैक्षिक एवम् प्राविधिक मानवसमशाधनहरुको करार सेवा अन्तर्गत पदपूर्ति गर्नुपर्ने भएकाले शैक्षिक योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले निर्धारित अन्तर्वार्ता दस्तुर बुझाएको बैंक भौचरका साथै वायो डाटा, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको फोटोकपी, नेपाली नागरिकताको फोटोकपी, अनुभवहरुको प्रमाणपत्रहरुको फोटोकपी, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो दुई प्रति सहित उल्लेखित आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपीहरुको दुई-दुई प्रति समावेश गरी यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्र पू. वि. विज्ञान तथा प्रविधि संकाय, विराटनगरमा आईपुग्ने गरी निवेदन पेश गर्न दरखास्त आव्हान गरिन्छ ।

१. पद: मुख्य सहायक (प्राविधिक) - कम्प्युटर प्रयोगशालाका लागि(प्रोग्रामर)
आवश्यक संख्या: २(दुई)

२. पद: मुख्य सहायक (प्राविधिक) - वर्कशप प्रयोगशालाका लागि
आवश्यक संख्या: १(एक)

३. पद: मुख्य सहायक (प्राविधिक) - सिभिल प्रयोगशालाका लागि
आवश्यक संख्या: १(एक)

Deadline to apply: 16 January, 2013

क) सेवा: करार
ख) परीक्षाको किसिम: अन्तर्वार्ता
ग) अन्तर्वार्ता दस्तुर: रु. ५००।०० (पाँच सय) पू. वि. को नविल बैँकमा रहेको खाता नं. ०७०६०१०३१०८०२ मा तोकिएको दस्तुर बुझाई सक्कल भौचर निवेदन साथ संलग्न गरिनुपर्ने ।
घ) शैक्षिक योग्यता: सम्बन्धित बिषयमा प्रविणता प्रमाणपत्र तह (ईन्जिनियरिङ्ग) वा सो सरहको प्रथम श्रेणीमा उत्तीर्ण वा माथि उल्लेखित तह द्वीतीय श्रेणीमा उत्तीर्ण गरी क्याम्पस्महाविद्यालयमा सम्बन्धीत पदमा रही कम्तिमा १ बर्ष कार्य गरेको अनुभव हासिल गरेको ।
ङ) अन्तर्वार्ता हुने मिति, समय र स्थान: मिति २०७०।१०।१३ गते सोमबार दिनको ११:०० बजे पू. वि., विज्ञान तथा प्रविधि संकाय, विराटनगरमा हुनेछ ।

डीन
विज्ञान तथा प्रविधि संकाय
विराटनगर फोन नं. ०२१-४६३७०५
Published on: 18 Paush, 2070(Kantipur Daily)

No comments:

Post a Comment