Engineerको घर is out of service. Please visit Engineerको घर Community.

September 1, 2015

Notice Regarding Technical Auditor Training @ Rastriya Satarkata Kendra

राष्ट्रिय सतर्कता केन्द्रले नेपाल सरकारबाट संचालित विभिन्न विकास निर्माणका आयोजनाहरुको प्राविधिक परीक्षण गराउनको लागि प्राविधिक परीक्षक (Technical Auditor) तयार गर्ने सिलसिलामा संचालन हुने ३ (तीन) हप्ते तालीम लिन इच्छुक निम्न बमोजिम योग्यता पुगेका इन्जिनियरहरुबाट यो सूचना प्रथम पटक प्रकाशित मितिले २१(एक्काईस) दिन भित्र आवेदन आव्हान गरिन्छ ।

१॥ तालीम प्रदायक संस्था र तालीम हुने स्थान: स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर ।
२॥ न्यूनतम योग्यता: कुनै पनि इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण र नेपाल इन्जिनियरिङ्ग परिषद्मा दर्ता भएको ।
३॥ अनुभव: इन्जिनियरिङ्ग सम्बन्धि काममा कम्तिमा १० वर्षको व्यवसायिक अनुभव भएको ।
४॥ उमेर: ६५ वर्ष ननाघेको ।
५॥ उपलब्ध सीट संख्या: २५(पच्चिस): सरकारी/गैर सरकारी प्राविधिक इन्जिनियर ।
६॥ दरखास्त दिने ठेगाना: श्रीमान् सचिवज्यू, राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार, काठमाडौँ ।
७॥ तालीम शुल्क: रू. १०,०००/- (दस हजार मात्र)(सरकारी तथा गैर सरकारी) ।
८॥ तालीम शुल्क जम्मा गर्नु पर्ने संस्था: धरौटी खाता नं. १३५००१, एभरेष्ट बैँक, सिंहदरबार काउन्टर, सिंहदरबार, काठमाडौँ ।

Deadline to apply: 21 September, 2015

९॥ दर्खास्त दिँदा ध्यान दिनु पर्ने कुराहरुका लागि तलको सूचना पढ्नुहोला ।
Published on: 15 Bhadra, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment