Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 19, 2015

Engineering Jobs(6) Vacancy @ ECONepal

वातावरण तथा बाल सरोकार संस्था-नेपाल(इको-नेपाल) विगत १५ वर्षदेखि विपद् व्यवस्थापन र जलबायु परिवर्तन अनुकूलनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था हो । यस संस्थाले २०७२ बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित गोरखा जिल्लामा ड्यान चर्चएड र नर्वेजियन चर्चएडको साझेदारीमा आपतकालीन मानवीय सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । सञ्चालित कार्यक्रमका लागि गोरखा जिल्लाका विभिन्न गाउँ विकास समितिमा रही काम गर्न इच्छुक र योग्य व्यक्तिहरुबाट देहाय बमोजिमका पदहरुका लागि दरखास्त आह्वान गरिन्छ ।

१. पद: इन्जिनियर(२)
इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्यानुभव भएको र राष्ट्रिय भवन संहिता प्रवर्द्धनको क्षेत्रमा विशेष कार्यानुभव भएको ।

२. पद: खानेपानी, स्वास्थ्य तथा सरसफाइ इन्जिनियर(WASH Engineer)(४)
सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई कम्तीमा १ वर्ष वा ओभरसियर पास गरी २ वर्षको कार्यानुभव प्राप्त गरेको ।

Deadline to apply: 25 June, 2015(२०७२ असार १० गते)

गोरखा जिल्लाका स्थानीय र महिला, सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने उमेदवारलाई ग्राह्यता दिइनेछ ।
थप जानकारी: दरखास्त साथ व्यक्तिगत विवरण(CV) र पासपोर्ट साइजको फोटो पेश गर्नुपर्ने छ ।
दरखास्त पेश गर्ने स्थान:
१. इको-नेपालको शाखा कार्यालय, गोरखा नगरपालिका-६, हरमटारी । फोन नं ०६४ ४२१२८७
२. विद्युतीय माध्यमवाट: hr.econepal@gmail.com

छनोटमा परेका (Short listed) उमेदवारलाई मात्र अन्तर्वार्ता तथा प्रयोगात्मक परीक्षाका लागि बोलाइनेछ ।

इको-नेपाल,
पत्रमञ्जुषा १९७२०, काठमाडौं, नेपाल

Published on: 4 Asar, 2072(The Himalayan Times)

No comments:

Post a Comment