Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 7, 2015

Information Technology Officer and Assistant Positions Job Vacancy @ Mero Microfinance

प्रकाशित मिति: २०७१ चैत्र २४ गते

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । नेपालका १० वटा बैँकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित यस वित्तीय संस्थाले हाल नेपालका २२ वटा जिल्लामा ३० वटा शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले निकट भविष्यमा खोल्न लागेको शाखा कार्यालयहरु, ईलाका कार्यालयहरु तथा कर्पोरेट कार्यालयका लागि देहाय बमोजिमको जनशक्ति आवश्यक भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट मिति २०७२/०१/१० गते भित्र निम्न ठेगानामा आइपुग्ने गरी हालसालै तयार गरिएको फोटो सहितको बायोडाटा संलग्न गरी रितपूर्वक दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. ०६/२०७१/०७२(खुल्ला)
पद: विभागीय प्रमुख(सूचना तथा प्रविधि विभाग)
श्रेणी: अधिकृत
संख्या: एक
आवश्यक न्यूनतम योग्यता: स्नातक सरहको BE/BIT/BCA/BIM/BCIS परीक्षा उत्तीर्ण + सूचना प्राविधिकको रुपमा २ वर्षको न्युनतम कार्य अनुभव भएको हुनु पर्ने छ । साथै लघुवित्त तथा बैंकिङ क्षेत्रमा कार्य गरेकालाई प्राथमिकता दिईनेछ।
उमेर: २१ देखि ३५ वर्षसम्म ।

विज्ञापन नं. ०९/२०७१/०७२(खुल्ला)
पद: सूचना प्रविधि सहायक
श्रेणी: सहायक
संख्या: केहि
आवश्यक न्यूनतम योग्यता: प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी सूचना प्रविधीको क्षेत्रमा तालिम प्राप्त गरेको + लघुवित्त तथा बैंकिङ क्षेत्रमा सूचना प्राविधिकको रुपमा कार्य गरेको तथा Computer Software/Hardware सम्बन्धिको कार्य अनुभविलाई विषेश प्राथमिकता दिईनेछ ।
उमेर: २१ देखि ३० वर्षसम्म ।

Deadline to apply: 23 April, 2015(२०७२/०१/१०)


आवेदन पठाउने ठेगाना: मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको इमेल ठेगाना: hr.mmbsl@gmail.com मा वा संस्थाको कर्पोरेट कार्यालय बट्टार, नुवाकोटमा उल्लेखित मिति भित्र आइपुग्ने गरी पठाउनु पर्नेछ । रीत नपुगी वा म्यादनाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन । रीतपूर्वक प्राप्त निवेदनहरु मध्ये छोटो सुची (Shortlist) मा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रकृयाको लागि सम्पर्क गरिनेछ । रीत नइुगेका र छोटो सूचिमा नपरेका उम्मेदवारहरुको परीक्षा दस्तुर फिर्ता हुने छैन ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लि.
कर्पोरेट कार्यालय
बिदुर - ४, बट्टार, नुवाकोट
फोन नं: ०१०-५६१७४६/४७
फ्याक्स नं: ०१०-५६१७४८
Published on: 24 Chaitra, 2071(Kantipur Daily)

No comments:

Post a Comment