Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 9, 2015

Civil Engineering Faculty Positions Vacancy @ Sudurpaschimanchal University

(प्रथम पटक प्रकाशित मितिः २०७१/१२/२६)

यस विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातक तहमा सिभिल इन्जिनियरिङमा प्राध्यापनका लागि करार सेवामा ३ (तीन) जना उप प्राध्यापकको (Assistant Professor)२(दुई) जना शिक्षण सहायकको आवश्यकता भएको हुँदा मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा उप प्राध्यापक पदको हकमा स्नातकोत्तर तह (एम.ई.) कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको र शिक्षण सहायक पदको हकमा कम्तीमा बि.ई. द्वितीय श्रेणीमा उत्तीर्ण भई प्राध्यापन क्षेत्रमा अनुभवी इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आई पुग्ने गरी दरखास्त आह्वान गरिन्छ । दरखास्त फारामका साथ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, एस.एल.सी. देखिको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि सहित यस संकायको नबील बैंक लिमिटेडको महेन्द्रनगर कञ्चनपुर शाखामा रहेको चल्ती हि.नं. २९०१०१७५००४२६ मा रु. ५००/- (पाँच सय मात्र) बुझाएको रसिदको प्रतिलिपि संलग्न राखी दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सर्टलिष्टमा परेका उम्मेदवारहरुलाई मात्र छनौटका लागि निर्धारण गरिएको अन्तर्वार्ता तथा कक्षा अवलोकनका लागि सूचित गरिनेछ ।

Deadline to apply: 23 April, 2015
सम्पर्क मिति: आवेदन फाराम बुझाउने अन्तिम मितिको भोलिपल्ट ।
तलब भत्ता र सेवा सुबिधाहरु विश्वविद्यालयको नियमानुसार हुने छ ।
विस्तृत जानकारीका लागि विज्ञान तथा प्रविधि संकायमा सम्पर्क राख्न सकिनेछ ।

डीन
विज्ञान तथा प्रविधि संकाय
सम्पर्क नं. ०९९-५२०७२९
Published on: 26 Chaitra, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment