Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 4, 2015

Computer Assistant Positions Job Vacancy @ Higher Secondary Education Board(HSEB)

प्रथम पटक प्रकाशित मिति: २०७१/११/२०

उच्च माध्यमिक शिक्षा परिषद्मा रिक्त रहेको निम्न पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता प्राप्त इच्छुक व्यक्तिहरुबाट दरखास्त आह्वान गरिएको छ । यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ३०(तीस) दिनभित्र तोकिएको दस्तुर र त्यसपछिको ७(सात) दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त फाराम बुझाउन सकिने छ । सहायक स्तरको पदमा दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्नेछ । इच्छुक नेपाली नागरिकहरुले उच्च माध्यमिक शिक्षा परिषदको प्रशासन महाशाखाबाट रु. २५।- तिरी दरखास्त फाराम लिई सोही महाशाखामा तोकिएको मितिभित्र दरखास्त फाराम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । छनौट भएका उम्मेदवारहरुले परिषद्को जिल्लास्थित कार्यालयहरुमा कामकाज गर्नुपर्नेछ ।

विज्ञापन नं. ४/०७१/७२
पद: कम्प्युटर सहायक
श्रेणी: सहायक प्रथम
समूह: प्राविधिक
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रविणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्ण गरी Data Base, Web Designing and Development, Photo Shop, Page Maker मा कम्तीमा ६(छ) महिनाको कम्प्युटर तालिम प्राप्त गरेको ।
छनौटको किसिम: लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता
संख्या: १३(खुल्ला: ७, महिला: २, आदिवासी/जनजाति: १, मधेशी: १, अपाङ्ग: १, पिछडिएको क्षेत्र: १)
परिक्षा दस्तुर: ३५०।-

Deadline to apply: 2 April, 2015(2071/12/19)
9 April, 2015(2071/12/26)[With Double Charge]


दरखास्त दिने स्थान: उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी, भक्तपुर ।

दरखास्त फाराम नमूना र पाठ्यक्रम परिषद्को www.hseb.edu.np मा download गरी लिन सकिने छ ।

पदपूर्ति समिति
Published on: 20 Falgun, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment