Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 7, 2014

Faculty Positions Vacancy @ Western Region Campus, IOE-TU

त्रि.वि.इ.अ.स. अन्तर्गत पश्चिमाञ्चल क्याम्पस लामाचौरको लागि निम्न शैक्षिक पदहरुमा करार सेवामा नियुक्त गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मिति ०७१ कार्तिक २८ गते दिनको ३ः०० बजे भित्र यस क्याम्पसको प्रशासन शाखामा आईपुग्ने गरि दरखास्त आव्हान गरिन्छ । दरखास्त फारम यसै क्याम्पसको आर्थिक प्रशासन शाखाबाट रु. १००।- तिरी प्राप्त गर्न सकिने छ । म्याद नाघी आएका र रित नपुगेका दरखास्त फारम उपर कुनै कारवाही गरिने छैन ।

आवश्यक पदहरुः
१. पदः उप-प्राध्यापक
विषयः मेकानिकल
संख्याः

२. पदः उप-प्राध्यापक
विषयः जियोम्याटिक्स
संख्याः

यी पदका लागि आवश्यक न्यूनतम योग्यताः त्रि.वि. वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा द्वीतिय श्रेणीमा स्तातकोत्तर तह उत्तीर्ण

Deadline to apply: 14 November, 2014(2071 Kartik 28) 15:00 Hrs.


साथै निम्न लिखित कागजातहरुको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।

संलग्न कागजातहरुः
१. प्रवेशिका देखि माथिका सबै शैक्षिक योग्यताका लब्धाङ्क पत्र तथा प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु ।
२. नेपली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
३. हालसालै खिचेको पासपोर्ट साईजको २ प्रति फोटो ।

पुनश्चः
१. परीक्षा दस्तुरः १५००।-(एक हजार पाँच सय)
२. लिखित परीक्षा मितिः २०७१/०८/०२ गते दिनको १ बजे हुनेछ ।
Published on: 21 Kartik, 2071(Kantipur Daily)

No comments:

Post a Comment