Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 17, 2014

Engineer Positions Jobs Vacancy @ Rastriya Beema Company Limited

यस संस्थानलाई आवश्यक भएको कम्प्युटर इञ्जिनियर र अटोमोबाइल इञ्जिनियर करार सेवामा लिनुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ । करार सेवामा आउन चाहने उम्मेदवारले दरखास्त फाराम यस कम्पनीको प्रधान कार्यालय, रामशाहपथ, काठमाडौँबाट कार्यालय खुलेको समयमा रु. २००/-तिरी लिन सकिने छ । उम्मेदवारले सोही दरखास्त फाराम भरी आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रहरुको प्रतिलिपि नोटरी पब्लिकद्वारा प्रमाणित गरी २/२ प्रति र पासपोर्ट साइजका हालसालै खिचिएका २ प्रति फोटो तथा कृषि विकास बैँक लि., रामशाहपथस्थित यस संस्थानको चल्ती खाता नम्बर ०१००२००००२८६७०१६ मा परिक्षा दस्तुरबापत जम्मा गरिएको सक्कल बैँक भौचरसहित यो सुचना (विज्ञापन) गोरखापत्रमा प्रकाशित भइको मितिले ७(सात) दिनभित्र कम्पनी लिमिटेडको प्रशासन शाखामा दरखास्त बुझाउनु पर्नेछ । रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन ।

विज्ञापन नं. २/२०७१/२०७२
पदः कम्प्युटर इञ्जिनियर
तहः अधिकृत तह ७ सरह ।
पदसंख्याः १(एक)
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट कम्प्युटर इञ्जिनियर वा सो सरहको परीक्षामा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा २(दुई) वर्ष अनुभव भई नेपाल इञ्जिनियरिङ्ग परिषद्‍मा सदस्यता प्राप्त भएको ।

विज्ञापन नं. ३/२०७१/२०७२
पदः अटोमोवाइल इञ्जिनियर
पदसंख्याः १(एक)
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट अटोमोवाइल/मेकानिकल इञ्जिनियरिङ्ग वि.ई. वा सो सरहको परीक्षामा उत्तीर्ण गरी २(दुई) वर्ष अटोमोवाइल इञ्जिनियरिङ्गसम्बन्धी कार्य गरेको तथा नेपाल इञ्जिनियरिङ्ग परिषद्‍मा सदस्यता प्राप्त भएको ।

Deadline to apply: 23 November, 2014
माथि उल्लेखित दुवै पदका लागिः
सेवाको किसिमः करार सेवा ।
उमेरः २१ वर्ष पूरा भई ३५ वर्ष नानघेको ।
परीक्षाको किसिमः अन्तर्वार्ता ।
सम्पर्क मितिः दरखास्त आइपुग्नुपर्ने अन्तिम मितिको भोलिपल्ट ।
अन्तर्वार्ता मितिः सम्पर्क मितिमा तोकिने छ ।
परीक्षा दस्तुरः रु. ३००/-

यससम्बन्धी अन्य केही जानकारी आवश्यक परे कार्यालय समाभित्र रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा सम्पर्क राखी बुझ्न सकिने छ ।

पदपूर्ति उपसमिति
राष्ट्रिय बीमा कम्पनी लिमिटेड
Published on: 1 Mangsir, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment