Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 3, 2014

Civil Sub-Engineer Job Vacancy @ Nepal Redcross Society

प्रथम पटक प्रकाशित मितिः २०७१।०७।१६

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालय विपद् व्यवस्थापन विभागद्वारा झापा जिल्लामा सञ्चालित एकिकृत विपद् उत्थानशिल कार्यक्रमका लागि विकासतर्फ म्यादी कर्मचारीहरु पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त फारम भरी आफूले प्राप्त गरेका शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरु र व्यक्तिगत विवरण(Bio-data) संलग्न र २ प्रति पासपोर्ट साइजको फोटो संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०७१।०७।३० सम्म) झापा जिल्ला शाखामा पेश गर्न सूचित गरिन्छ । म्याद नाघी आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । विज्ञापित पदहरुमा सूची-संक्षेपीकरण(Short Listing) गरिनेछ । सुचि संक्षेपीकरणमा छानिएका उमेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गरिनेछ । एक व्यक्तिले एक पदमा मात्र आवेदन दिन सकिनेछ । तलव भत्ता तथा अन्य सेवा सुविधा र शर्त नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको नियमानुसार हुनेछ ।

विज्ञापन नं. ०२/०७१/७२
पदः प्राविधिक सुपरभाइजर
सेवा/समूहः प्राविधिक/इन्जिनियरिङ्ग
तहः पाचौँ
संख्याः १(एक)
शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाण-पत्र तह उत्तीर्ण
अनुभवः कम्तीमा १ वर्षको कार्य अनुभव

Deadline to apply: 16 November, 2014(2071/07/30)
उमेरको हदः १८ वर्ष पुरा भै ४५ वर्ष ननाघेको
परीक्षाको किसिमः लिखित, मौखिक तथा प्रयोगात्मक
सम्पर्क मितिः कार्यालयबाट सम्पर्क गरिनेछ ।
फारम भर्ने स्थानः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, झापा, भद्रपुर

सम्पर्क ०२३५२०१०२/०२३५२१२०२
नेपाल रेडक्रस सोसाइटी
पदपूर्ति समिति
Published on: 17 Kartik, 2071(Kantipur Daily)

No comments:

Post a Comment