Engineerको घर is out of service. Please visit Engineerको घर Community.

October 20, 2014

Civil Engineer Job Vacancy @ Pokhara University(PU)

प्रथम पटक प्रकाशन मितिः २०७१।०७।०३

पोखरा विश्वविद्यालयमा रिक्त रहेको देहायमा उल्लेख भएको पद करारबाट पदपूर्ति गर्नु परेकोले योग्य नेपलली नागरिकहरुबाट मिति २०७१।०७।१७ गते कार्यालय समयभित्र पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय, लेखनाथमा आइपुग्ने गरी आवेदन गर्न दरखास्त आव्हान गरिन्छ । म्याद नाघि प्राप्त हुन आएका र रित नपुगेका आवेदन उपर कुनै कारवाही हुने छैन । आवेदन साथ देहायमा उल्लेख भएका कागजातहरु पेश गर्न समेत जानकारी गराइन्छ ।

पदपूर्ति गरिने पद, आवश्यक योग्यता र अन्तर्वार्ता सम्बन्धी विवरणः
१) पदः सहायक प्रशासन(इन्जिनियर)
२) पद संख्याः १(एक)
३) योग्यताः बिई (सिभिल)
४) अनुभवः निर्माण प्रशासन सम्बन्धी काममा न्यूनतम २ वर्षको अनुभव रहेको

Deadline to apply: 3 November, 2014
५) अन्तर्वार्ता हुने मितिः २०७१।०७।२१ गते

आवेदनसाथ पेश गर्नुपर्ने कागजातहरुः
१) एक/एक थान शैक्षिक योग्यताको प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रमाणित प्रतिलिपिहरु
२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३) अनुभव र तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४) फोटोसहितको वायोडाटा

अन्य जानकारीका लागि सम्पर्क फोनः ०६१-५६१०४६

रजिष्ट्रार
पोखरा विश्वविद्यालय
Published on: 3 Kartik, 2071(Kantipur Daily)

No comments:

Post a Comment