Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 17, 2014

Executive Director Position Vacancy @ AEPC, Ministry of Science, Technology and Environment

(प्रथम पटक प्रकाशित मिति २०७१।०४।०१)

वैकल्पिक उर्जा प्रवर्द्धन विकास समिति (गठन) (छैठौँ संशोधन) आदेश, २०६८ को दफा ७ बमोजिम सो समितिको कार्यकारी निर्देशकको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गरिने भएकाले सोको लागि सिफारिश गर्ने प्रयोजनार्थ देहायको न्यूनतम शैक्षिक योग्यता र अनुभव पूरा गरेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र यस मन्त्रालयमा आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।

न्यूनतम शैक्षिक योग्यता र अनुभवः
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ्ग वा ऊर्जा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको ।

Deadline to apply: 31 July, 2014

यस सम्बन्धमा अन्य थप जानकारीका लागि सिंहदरबारस्थित विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको प्रशासन तथा जनशक्ति विकास शाखा (फोन नं. ०१-४२११९४६) वा मन्त्रालयको वेवसाईट www.moste.gov.np बाट अथवा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वेवसाईट www.aepc.gov.np बाट प्राप्त गर्न सकिनेछ ।
Published on: 1 Shrawan, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment