Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 17, 2014

[With Interview Dates]Electrical Engineer and Sub-Engineer Positions Job Vacancy @ Nepal Bank Limited

प्रथमपटक सूचना प्रकाशित मितिः २०७१।३।११
यस बैङ्कका लागि आवश्यक निम्न पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका कुनै वात कसुर नलागेका इच्छुक नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकता तथा एस.एल.सी वा सो सरह र सोभन्दा माथिको शैक्षिक योग्यताको लब्धाङ्क पत्र/ट्रान्स्क्रिप्ट तथा चारित्रिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी र हालसालै खिचेको पासपोेर्ट साइजको ३ प्रति फोटो तथा देहायबमोजिमको शुल्कसहित यो सूचना गोरखापत्र दैनिकमा प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वकको दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । शैक्षिक प्रमाणपत्रमा डिभिजन नखुलेकोमा आवेदक स्वयंले सम्बन्धित विश्वविद्यालयको डिभिजन खुलेको प्रमाणित कागजात र नेपालभन्दा बाहिरबाट हासिल गरेको योग्यताको हकमा सम्बन्धित निकायबाट समकक्षी स्तर निर्धारणको कागजातसहित दरखास्त पेस गर्नुपर्नेछ । साथै अनुभवसम्बन्धी कागजात पेस गर्दा काम गरेको संस्था/निकायबाट दिइएको नियुक्तिपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । बहालवाला कर्मचारी भएमा कार्यरत संस्थाको विभागीय स्वीकृति पेस गर्नुपर्नेछ । रीत नपुगेका र म्याद नाघेपछि प्राप्त हुन आएका दरखास्तउपर कुनै कारबाही हुनेछैन ।

विज्ञापन नं. ०७०।७१।८३
पदः इलेक्ट्रिकल इन्जिनियर
तहः
संख्याः
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ्गमा न्यूनतम स्नातक दोस्रो श्रेणी उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ वर्षको अनुभव ।
Interview on: 2071/04/16[1 August, 2014] 14:00 Hrs.

विज्ञापन नं. ०७०।७१।८४
पदः इलेक्ट्रिकल सब-इन्जिनियर(ओभरसियर)
तहः
संख्याः
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ्गमा न्यूनतम प्रमाणपत्र तह (३ बर्षको Course) दोस्रो श्रेणी उत्तीर्ण ।
Interview on: 
Roll no. 1 to 10: 2071/04/17[2 August, 2014] 8:00 Hrs.
Roll no. 10 to Remaining all: 2071/04/17[2 August, 2014] 11:30 Hrs.

*According to 1 Shrawan, 2071 Notice on Gorkhapatra Daily. 

Deadline to apply: 9 July, 2014
परीक्षाको किसिमः अन्तर्वार्ता ।
करार अवधिः २ वर्ष(आवश्यक परेमा थप गर्न सकिने)
दरखास्त फाराम तथा अन्य जानकारीका लागि यस बैङ्कको website http://www.nepalbank.com.np मा Download गर्न र हेर्न सकिनेछ ।
 Published on: 1 Shrawan, 2071(Gorkhapatra Daily)
Published on: 11 Asar, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment