Engineerको घर is out of service. Please visit Engineerको घर Community.

February 25, 2014

Various Engineering Positions Vacancy - Rasuwagadhi Hydropower Co. Ltd.

यस रसुवागढी हाइड्रोपावर कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं तथा आयोजनाको साईट कार्यालय (रसुवा) को लागि करार सेवामा पदपूर्ति गर्न निम्नानुसारका कर्मचारीहरु आवश्यक भएकोले योग्य तथा इच्छुक नेपाली नागरिकहरुबाट तल उल्लेखित योग्यता र अनुभव पुग्ने प्रमाणपत्रहरु र बायोडाटा (Bio-data) सहित मिति २०७० साल फागुन २७ गते कार्यालय समय भित्र पोष्ट बक्स नं. १५२१० मा दरखास्त दिनुहुन आव्हान गरिन्छ ।

१. पद : सिनियर इन्जिनियर, इलेक्ट्रोमेकानिकल
आवश्यक संख्या :
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ६ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको Design/Supervision/Operation कार्यमा कम्तिमा ४ वर्षको कार्यानुभव भएको ।
वा
सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ८ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको Design/Supervision/Operation कार्यमा कम्तिमा ६ वर्षको कार्यानुभव भएको ।

२. पद : सिनियर इन्जिनियर, सिभिल डिजाईन
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ६ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको डिजाईन कार्यमा कम्तिमा ४ वर्षको कार्यानुभव भएको ।
वा
सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ८ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको डिजाईन कार्यमा कम्तिमा ६ वर्षको कार्यानुभव भएको ।

३. पद : सिनियर इन्जिनियर, सिभिल निर्माण
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ६ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको निर्माण कार्य / कन्ट्र्याक्ट व्यवस्थापन / निर्माण व्यवस्थापनमा कम्तिमा ४ वर्षको कार्यानुभव भएको ।
वा
सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ८ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको निर्माण कार्य / कन्ट्र्याक्ट व्यवस्थापन / निर्माण व्यवस्थापनमा कम्तिमा ६ वर्षको कार्यानुभव भएको ।

४. पद : सिनियर सिभिल इन्जिनियर
आवश्यक संख्या : २
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ३ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको Design/ Supervision/ Operation/ Quality Control/ Civil Construction/ Construction Management सम्बन्धी कार्यमा कम्तिमा २ वर्षको कार्यानुभव भएको ।
वा
सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ४ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनाको Design/ Supervision/ Operation/ Quality Control/ Civil Construction/ Construction Management सम्बन्धी कार्यमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको ।

५. पद : वातावरण तथा जनसम्पर्क अधिकृत
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
वातावरण विज्ञान / भौतिक विज्ञान / सामाजिक विज्ञान / वातावरण इन्जिनियरीङ / टेक्नोलोजिमा  स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ४ वर्षको कार्यानुभव भएको ।

६. पद : मेकानिकल इन्जिनियर
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ३ वर्षको कार्यानुभव मध्ये जलविद्युत आयोजनामा Design / Supervision / Operation कार्यमा कम्तिमा २ वर्षको कार्यानुभव भएको ।

७. पद : जियोटेक्नीकल इन्जिनियर
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
जियोटेक्नीकल विषयमा स्नातकोत्तर उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको ।

८. पद : कन्ट्र्याक्ट इन्जिनियर, सिभिल
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातक उत्तीर्ण भई कन्ट्र्याक्ट सम्बन्धी कार्यानुभव भएको ।

९. पद : इलेक्ट्रिकल इन्जिनियर
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातक उत्तीर्ण भई सम्बन्धित कार्यमा कार्यानुभव भएको ।

१०. पद : सिभिल इन्जिनियर
आवश्यक संख्या : ३
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सम्बन्धित प्राविधिक विषयमा स्नातक उत्तीर्ण भई सम्बन्धित कार्यमा कार्यानुभव भएको ।

११. पद : सर्भेयर
आवश्यक संख्या : १
न्यनतम शैक्षिक योग्यता र न्यूनतम कार्यानुभव:
सर्भे इन्जिनियरिङमा स्नातक उत्तीर्ण भई सम्बन्धित कार्यमा कार्यानुभव भएको ।
वा
भूगोल / गणित विषयमा स्नातक उत्तीर्ण गरी सर्भेयर कोर्ष पुरा गरी सम्बन्धित कार्यमा कम्तिमा ४ वर्षको कार्यानुभव भएको ।

Deadline to apply: 11 March, 2014(27 Falgun, 2070)

छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुलाई मात्र अन्तर्वार्ता तथा अन्य परिक्षामा सामेल गराईनेछ ।
Apply to:
Post Box No.: 15210
Published on: 13 Falgun, 2070(Nagarik Daily)

No comments:

Post a Comment